Saturday, March 16, 2019

के नेपाली विद्यालयहरुले कुनै दिन अविभावकलाइ यस्तो पत्र लेख्लान?




केहि समय पहिले फेसबुकमा   एक फोटो देखे जहा लेखिएको थियो, सिगापुरको विद्यालयले आफ्नो अविभावकलाइ लेखेको पत्र भनेर, त्यो लेख यस प्रकार थियो ।





यो पत्रलाइ मैले नेपालीमा अनुबाद गरेको छु र यो यस प्रकारको छ।

प्रिय अभिभावक महोदय,

तपाईंको छोराछोरीको परीक्षा चाँडै सुरु हुदैछ। हामीलाई थाहा छ कि तपाईंको बच्चाहरु यस परिक्षामा राम्रो अंक सहित पास हुन भन्ने तपाईहरु सबैको इच्छा छ र यस कारणले तपाईहरु चिन्तित पनि हुनुहुन्छ  । तर, कृपया यो कुरा याद राखिदिनु होस भन्ने विनम्र निवेदन गर्दछु कि परीक्षाका लागि बस्न विद्यार्थीहरू बीच त्यहाँ एक कलाकार पनि हुन सक्छन, जसले गणितको हरेक शुत्रहरुलाइ  बुझ्न नसक्लान । त्यहाँ एक उद्यमी पनि हुन सक्छन, जसले इतिहास वा अंग्रेजी साहित्यको हेरचाह नगर्लान । त्यहाँ एक संगीतकार पनि हुन सक्छन, जसलाइ बिज्ञानको रसायन चिन्हले कुनै असर नगर्ला। त्यहाँ एक खेलाडी पनि हुन सक्छन जसको शारीरिक फिटनेस बिज्ञानको भौतिकी  नियम भन्दा धेरै महत्त्वपूर्ण हुन सक्छ। 

यदि तपाईंको बच्चाले शीर्ष अंक पाउँछन भने, त्यो राम्रो कुरा हो ! तर यदि उनले त्यो गर्न सकेनन भने कृपया ऊनीहरूबाट उनीहरूको आत्म-बिश्वास र सम्मानलाई चोट नपुर्याउनु होला।  ऊनीहरूलाई ठीक छ भन्नुहोस्, उनीहरुलाइ यो भनिदिनुस कि यो केवल एक परीक्षा हो! तिनीहरू जीवन धेरै ठूला चीजहरूका लागि बनाइएका छन्। तिनीहरूलाई यो भनिदिनुहोस्, कि तिनीहरुले जति सुकै अंक ल्याए पनि तपाईं तिनीहरूलाई प्रेम गरि रहनु हुनेछ र तिनीहरूलाई न्याय गर्नुहुन्न, तिनिहरुलाइ यो या त्यो सजाय दिनुहुन्न।  तपाईं कृपया यो भनिदिनु होस कि तिम्रो फलानो साथिले यति र उति अंक ल्याए भनेर कहिले पनि तपाई उनिहरुलाइ सुनाउनु हुनेछैन।
 यदि तपाईंले यो अभ्यास गर्न सक्नु भएमा तपाईंको बच्चाहरुले संसारलाई विजय भएको अवस्यनै देख्नु हुनेछ। एक परीक्षा वा कम अंकले उनीहरुको भविस्य कहिल्यै पनि खोस्न सक्दैन । उनीहरूको सपना र प्रतिभा कसैलेनै खोस्न सक्दैन। । र कृपया, यो सोच्नुहोस् कि डाक्टर र ईन्जिनियरहरू मात्र विश्वका एकमात्र खुसी व्यक्ति हैनन। न्यानो सादर संग। 

के समय आएको छ हाम्रो नेपालमा पनि आफ्नो अभिभावकको लागि हाम्रो बिद्यालयहरुले यस्तै पत्र लेख्ने? यो बहस जरुरत छ। तपाईलाई यो बारेमा के लाग्छ कृपया आफ्नो बिचार कमेन्टमा लेख्नु होला।


2 comments:

  1. Best Casino in Rochester, NY - Mapyro
    Best Casino in Rochester, NY. 0 reviews, 0 complaints. "It is a hotel casino. It is open every 안산 출장샵 day from 7 am to 3 pm, 안산 출장마사지 there 시흥 출장마사지 is a  군포 출장안마 Rating: 4.4 · 전주 출장샵 ‎1,221 reviews

    ReplyDelete
  2. What is the Best T-Shirt With Zinc oxide and Titanium
    The T-Shirt With Zinc oxide and Titanium-Zin combination is a great alternative for most T-Shirts apple watch stainless steel vs titanium and titanium nose hoop will appeal to those who like to titanium dental take titanium i phone case a titanium pan

    ReplyDelete