केहि समय पहिले फेसबुकमा एक फोटो देखे जहा लेखिएको थियो, सिगापुरको विद्यालयले आफ्नो अविभावकलाइ लेखेको पत्र भनेर, त्यो लेख यस प्रकार थियो ।
यो पत्रलाइ मैले नेपालीमा अनुबाद गरेको छु र यो यस प्रकारको छ।
प्रिय अभिभावक महोदय, तपाईंको छोराछोरीको परीक्षा चाँडै सुरु हुदैछ। हामीलाई थाहा छ कि तपाईंको बच्चाहरु यस परिक्षामा राम्रो अंक सहित पास हुन भन्ने तपाईहरु सबैको इच्छा छ र यस कारणले तपाईहरु चिन्तित पनि हुनुहुन्छ । तर, कृपया यो कुरा याद राखिदिनु होस भन्ने विनम्र निवेदन गर्दछु कि परीक्षाका लागि बस्न विद्यार्थीहरू बीच त्यहाँ एक कलाकार पनि हुन सक्छन, जसले गणितको हरेक शुत्रहरुलाइ बुझ्न नसक्लान । त्यहाँ एक उद्यमी पनि हुन सक्छन, जसले इतिहास वा अंग्रेजी साहित्यको हेरचाह नगर्लान । त्यहाँ एक संगीतकार पनि हुन सक्छन, जसलाइ बिज्ञानको रसायन चिन्हले कुनै असर नगर्ला। त्यहाँ एक खेलाडी पनि हुन सक्छन जसको शारीरिक फिटनेस बिज्ञानको भौतिकी नियम भन्दा धेरै महत्त्वपूर्ण हुन सक्छ। यदि तपाईंको बच्चाले शीर्ष अंक पाउँछन भने, त्यो राम्रो कुरा हो ! तर यदि उनले त्यो गर्न सकेनन भने कृपया ऊनीहरूबाट उनीहरूको आत्म-बिश्वास र सम्मानलाई चोट नपुर्याउनु होला। ऊनीहरूलाई ठीक छ भन्नुहोस्, उनीहरुलाइ यो भनिदिनुस कि यो केवल एक परीक्षा हो! तिनीहरू जीवन धेरै ठूला चीजहरूका लागि बनाइएका छन्। तिनीहरूलाई यो भनिदिनुहोस्, कि तिनीहरुले जति सुकै अंक ल्याए पनि तपाईं तिनीहरूलाई प्रेम गरि रहनु हुनेछ र तिनीहरूलाई न्याय गर्नुहुन्न, तिनिहरुलाइ यो या त्यो सजाय दिनुहुन्न। तपाईं कृपया यो भनिदिनु होस कि तिम्रो फलानो साथिले यति र उति अंक ल्याए भनेर कहिले पनि तपाई उनिहरुलाइ सुनाउनु हुनेछैन। यदि तपाईंले यो अभ्यास गर्न सक्नु भएमा तपाईंको बच्चाहरुले संसारलाई विजय भएको अवस्यनै देख्नु हुनेछ। एक परीक्षा वा कम अंकले उनीहरुको भविस्य कहिल्यै पनि खोस्न सक्दैन । उनीहरूको सपना र प्रतिभा कसैलेनै खोस्न सक्दैन। । र कृपया, यो सोच्नुहोस् कि डाक्टर र ईन्जिनियरहरू मात्र विश्वका एकमात्र खुसी व्यक्ति हैनन। न्यानो सादर संग। के समय आएको छ हाम्रो नेपालमा पनि आफ्नो अभिभावकको लागि हाम्रो बिद्यालयहरुले यस्तै पत्र लेख्ने? यो बहस जरुरत छ। तपाईलाई यो बारेमा के लाग्छ कृपया आफ्नो बिचार कमेन्टमा लेख्नु होला।
यो लेख मैले दुइ बर्ष पहिले लेखेको थिए र अझै पनि सान्दर्भिक छ । पढि हजुरको प्रतिक्रिया दिनु होला।
Will Nepal ever bring back those Nepalese women sold in Indian brothel?
#BringherBack कोहिनुरलाइ फर्काइ ल्याउने हैन त?
मुम्बई जस्तो व्यस्त सहरमा हप्ता भरिको भाग-दौडमा अरुकुनै दिन फुर्सदको समय मिल्दै मिल्दैन थियो । बिहान ७ बजे कलेजको लागि निस्कियो, २ कक्षा पढाएर अफिस तिर अनि बेलुका अफिस सके पछि फेरि कसैको घरमा ट्युसन लिन जान्थे । अफिसको दुइ दिन छुट्टी हुन्थ्यो, शनिबार दिन भरि आराम गरेर बेलुका तिर फेरि कसैको घरमा ट्युसन लिन जान्थे । यो शहर महंगीको शहर थियो अनि मलाई केहि गर्नु छ र आफ्नै देशमा गएर शिक्षाको विकासको लागि केहि गर्छु भन्ने सपना थियो तर त्यसको साथ् साथमा एक आगो थियो जसले मलाई सधै पोली रहने गर्दथ्यो अनि अझै पनि पोलीनै रहन्छ ।
शनिबारको दिनमा म आफुलाइ मनपर्दो फिलिम हेर्ने गर्थे, कहिले सिनेमाहलमा त कहिले युत्युवमा । त्यो शनिबारको दिन म कतै गईन । झट्टै मनमा आयो, धेरै दिन देखि हेर्न चाहेको चलचित्र थियो, कोहिनुर । श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित अन्तिम चलचित्र युत्युवमा हेरे । मुम्बईमा नै छायाकन भएकोले यहाँ भएका धेरै कुराले मनमा छोयो । हुन त बर्षौ पहिले बनिएको एक धाराविक, जसलाई बिना बुढाथोकीले अभिनय गर्नु भएको थियो, त्यहाँ पनि यस्तै कथा समेटिएको थियो, तर अहिले मुम्बईमा नै बसेको र यी सबै कुरालाइ दैनिक देखि रहेको भएर होला, यो कुराले मलाई अझ धेरै छुयो । सोच्न लागे, हाम्रो देशका चेलीबेटी हरुले कहिले उत्थान पाउलान ?
म मुम्बई पुगेको बर्ष मार्केटिंगमा काम गरे । त्यो समय म त्यहाँको मराठी साथिहरुसंग हामीले टाटाको फोन बेच्न घर घर जाने गर्थ्यौ । एक टोल देखि अर्को टोल, हिड्दै फोन बेच्ने काम गर्ने गर्थ्यौ । एक दिन घाटकोपरको बस्तिमा हिड्दै गर्दा त्यस्तै कोठीहरुको (जसलाई हामीले बेश्यालय भनेर भन्ने गर्छौ ) ठाउबाट हिड्नु पर्यो । त्यहाँ एक या दुइ घरमात्र हैन, सयौ घरहरु हुने गर्थे, ति हरेक घरमा धेरै कोठाहरु अनि ति हरेक कोठामा धेरै दिदि बहिनि हरु । हाम्रो यात्राको क्रममा त्यहि बेला एक साथीले भन्यो, "यहाँ पे तेरे गाउँके बहुत सारे औरत है..." मुम्बईमा चेलीबेटी बेचिन्छन भन्ने सुनेको थिए, तर त्यो दिन ति कोठीको अगाडी देख्दा आफैलाइ नराम्रो अनुभव भयो । म कतै नहेरी हिड्ने कोसिस गरे, निक्कै नराम्रो लाग्यो, केहि गर्न सकिन, केहि सोच्ने सकिन !
पछि मैले कलेजको अध्यन सुरु गर्दा भारतको हरेक कलेजमा हुने राष्ट्रिय समाज सेवा नामको गैर राजनीतिक समुहमा भाग लिएर मेरो कलेजको विद्यार्थी प्रतिनिधिको रुपमा पनि काम गर्ने अवसर पाए । त्यहाँ मैले समाजको धेरै भागमा अप्रत्यक्ष काम गर्दा यस्ता धेरै ठाउ देखे । समय संगै एक लेखकको रुपमा मैले आफुलाई बिकशित गरे जहाँ म मानिसको मनमा भएका दुख अनि बेदनालाइ उनीहरुले नभने पनि आफ्नो शब्दमा कोर्ने गर्थे ।
कम्पुटरको सामान किन्न जादा कमातीपुरा भन्ने ठाउ हुदै गाडीले लैजाने गर्थ्यो जसलाई भिंडी बजार पनि भन्ने गरिन्छ । यो ठाऊमा धेरै नेपाली चेलीबेटीहरु बाटोमा बसेर ग्राहकको प्रतिक्षा गर्न बाहिर उभि रहेको हुन्थे । २० बर्ष देखि लिएर ४५ वर्षसम्मका महिला हरु हुन्थे जसको अनुहारमा भारि मात्रमा मेकअप हुने गर्थ्यो, तर तिनीहरुको आँखाले यस्तो पिडालाइ देखाई रहेको हुन्थ्यो जसलाई कुनै शब्दमा बयान गर्न सकिदैन ।
एक दिन मलाई एक जना नेपाली पास्टर दाजुले नवी मुम्बईको तुर्भे भन्ने ठाऊमा लैजानु भयो जहाँ उहाँको संस्थाले बेचिएका दिदि बहिनिहरुकोलागि काम गर्थ्यो । त्यो संस्था त्यहाँको कोठीको एक छेउमा थियो जहाँ मानिसहरु ग्राहक बनेर आउने जाने गर्थे । त्यो संस्थाले त्यहाँ बाट दिदि बहिनिहरुलाई सिप मुलक तालिम दिने गर्थ्यो जसले उनीहरुलाई त्यो अन्धकारबाट बाहिर आउन मदत गरोस । कोहि कोहि बाहिर आएर आफ्नै नया जीवन जिएका छन्, तर अझ धेरै बाकि छन् । चलि रहेको त्यो कोठीलाइ रोकेर तिनीहरुको उत्थान पनि सम्भव थिएन तर त्यहाँ बाट तिनीहरु बाहिर आउछन भन्ने आशा मरेको थिएन । त्यहि कोठी मै काम गर्दा खेरि जन्मेका तिनीहरुका छोरा छोरीहरुमा बिद्यालय जाने अवसर नै थिएन, तसर्थ सामान्य शिक्षाको लागि उहाँले त्यहाँ व्यवस्था मिलाउनु भएको थियो । म त्यहाँ गएर ति बाल -बालिका लाइ भेट्ने मौका पाए । सामान्य बाल बालिका र हाम्रा भाई बहिनि जस्तै माया लाग्दा बच्चा थिए तिनीहरु । तर त्यहाँ सबैका आफ्नै दुख लाग्दो कथाहरु थिए । पास्टर दाजुले दस-बार्ह बर्षको एक केटालाइ देखाउदै मलाई भन्नु भो, "यो केटालाई सुधार्ने धेरै कोशिस गरे, तर सकिएन । अहिले जाड रक्सि अनि चुरोट खादै हिड्छ अनि बेलुका भए पछि आफ्नै आमाको लागि ग्राहक खोज्न निस्किन्छ । उहाँको त्यो अन्तिम वाक्यले मेरो मनमा धेरै छेड पार्यो, तर यो बास्तविक थियो अनि यसलाई मेत्ताउन सकिदैन थियो ।
त्यहाँको बाल बालिकाहरुसंग कुराकानी गर्दै गर्दा एक दिदि आउनु भयो । उहाँ पनि त्यहि कोठीमा धेरै वर्ष देखि काम गर्नु हुदो रहेछ । पछि त्यहि काम गर्ने एक केटासंग बिहे गर्नु भयो जसले उहाँको निम्ति ग्राहक ल्याउने काम गर्थ्यो । उहाँले बिहे गर्नु त भयो तर उहाँले त्यो संसारबाट मुक्ति भने पाउनु भएन । उहाँको श्रीमान अझै पनि उहाँको लागि ग्राहक खोज्ने काम गर्छ । उहाँको आठ बर्षकी एक छोरी रहेछ ति पास्टरलाई उहाँले भन्दै हुनुहुन्थ्यो, उसको श्रीमानले धेरै पल्ट धम्कि दिएको छ, केहि समय पछि त्यो छोरीलाइ पनि त्यहि व्यवसायमा राख्छु भनेर । रुदै उहाँ भन्दै हुनुहुन्थ्यो, उहाँको छोरीलाइ त्यो ठाऊ बाट कतै टाढा लगि दिनु भनेर ।
केहि समय पछि अर्को एक जना दिदिसंग मैले कुरा गरे , कुरा गर्दै जादा उहाँले भन्नु भो की उहाँ बंगलादेशको हो भनेर । उहाँ आफ्नो देश फर्कन चाहनु हुन्थ्यो तर कुनै उपाय थिएन । आस्चर्यमा मैले उहाँलाई सोधे, "अनि तपाई कसरी यहाँ आइ पुग्नु भो त? " मेरो मतलब यो थियो की भिषा अनि पासपोर्ट बिनानै उहाँ भारत सम्म कसरी आइ पुग्नु भो र बेचिनु भो ? तर साहेद त्यो समयमा सोधिनु पर्ने उचित प्रश्न थिएन कारण उहाँ बेचिएको घाउ फेरि कोट्याउनु राम्रो कुरा थिएन । पास्टर दाजुले मलाई कोट्याउदै भन्नु भो, "भाई, यो कुरा म तिमीलाई पछि भन्ने छु । "
त्यहि संस्थामा करिब पचास बर्षकी एक जना नेपालकी दिदि हुनु हुदो रहेछ जहाँ उहाँले त्यो समुदायमा भएका महिलाको माझमा अनि उनीहरुको छोरा -छोरीको बीचमा काम गर्नु हुदो रहेछ । उहाँ आफै पनि त्यहि व्यथा बाट हिडी सक्नु भएकोले ति कथाहरुलाई उहाँले राम्रो संग बुझ्नु हुन्छ, उहा संग केहि बेर कुरा गरे, तर केहि अरु प्रश्न भने गर्ने आट नै आएन । त्यहाँ जे देखे, जे सुने, त्यो दिनको बारेमा सम्झने सक्ने म मा शक्तिनै भएन, नत बिर्सनै सके ।
भिवंडि देखि वाशीको तुर्बे अनि ग्रांत रोडको कमातीपुरा भन्ने ठाउ सम्म मुम्बईमा धेरै कोठीहरु छन । अनि यी कोठीहरुमा अधिकांश महिला नेपालीनै हुन्छन । तिनीहरु त्यहाँ धेरै बर्ष देखि काम गरि रहेको हुन्छन । यी ठाऊमा बसेका धेरै महिलाहरु आफ्नो स्वेच्छाले ग्राहक खोझी रहेका हुन्छन । त्यहाँ कुनै देखिने पर्खाल या डोरी हुदैन जसलाई उनीहरुले भाग्न बाट रोकोस । कुनै एक दिन मैले कसैलाई सोधेका थिए, "के यिनीहरु यहाँ बाट भाग्न सक्दैनन् र? " मैले यो जवाफ पाए कि, "भागेर पनि उनीहरु कहाँ जान्छन? समाजको कुनै पक्षले उनीहरुको बारेमा राम्रो सोच्दैन । भागेर जानेले समाजमा राम्रो व्यवहार कहिलेनै पाउदैनन, उनीहरुले हाम्रो समाजमा जिउने जीवन एकदमै कठिन हुन्छन, तसर्थ भागी गएका कोहि कोहि फेरि त्यहि फर्की जान्छन । अनि यी देखेर अरु बाहिरको संसारको बारेमा सोच्दै सोच्दैनन् । साहेद हाम्रो समाजले सिर्जना गरेको अदृश्य पर्खाल यहि हो की हामीले आफुले आफैलाई सब्य भनि उनीहरुलाइ यहाँ आउन दिई रहेका छैनौ । साहेद हाम्रो समाजको संरचनाले नै उनीहरुलाई त्यहि बस्न बाध्य बनाएको हुन्छ ।
सुरुमा केटिहरु त्यहाँ लैजादा खेरि भाग्छन भनेर बन्द कोठा भित्र उनीहरुलाई थुनिएको हुन्छन । हरेक दिनको शारीरिक अनि आत्मिक बलात्कार पछि केहि बर्षमा उनीहरु आत्मा मरी सकेको हुन्छ । बाहिर निस्किने हिम्मत हुदैन, यो समाजसंग लड्ने तागत हुदैन । त्यस पछिका समयहरुमा उनीहरु आफै त्यहाँ बस्छन अनि बाकिका दिनहरु त्यहिको कोठीमा बिताउछन । त्यहाँ बाट कोहि कोहि निस्किने कोसिस गर्छन तर हाम्रो समाजले उनीहरुलाई कहिलै पनि राम्रो नजरले हेरेको हुदैन । अनि उनीहरु आफ्नो परिवार, आफ्नो साथि शैली अनि आफ्नो देशको मायालाई कल्पिदै उझाद ठाऊमा बसी रहेका हुन्छन ।
कोहिनुर चलचित्रमा श्रीकृष्ण श्रेष्ठले कोहिनुरलाइ त्यो भुमरी बाट बाहिर निकाल्छन । उनीलाई बिहे गर्छन, अनि कोहिनुरलाइ देश फर्काएर लिएर आउछन । कथा निकै रमाइलो ढंगमा सकिन्छ अनि त्यो कथामै मात्र सिमित हुन्छ ।
जहाँ अमेरिकाले अहिले सम्म पनि एक महिला राष्ट्रपति पाउन सकी रहेको छैन, हाम्रो नेपाल देशमा राष्ट्रपति देखि संबिधानका तिन प्रमुख पद महिलाले ओगटेका छन् । हाम्रो देश नेपाल जहाँ नारीलाइ एक बहुमुल्य गहनाको रुपमा राखिन्छ, के यहाँका हरेक नारीहरु उत्तिकै बहुमुल्य छैनन् र? के बेचिएका दिदि बहिनिहरु बेचिए पछि हाम्रा दिदि बहिनि अनि नेपाली रहदैनन र? यदि रहन्छन भने, म केहि प्रश्न राख्न चाहन्छु । यी प्रश्न प्रथम त म स्वयम लाइ अनि मेरो यो नेपाली समाजलाइ । यो देशका देश प्रमुख अनि यो देशका जनतालाइ ।
१) हाम्रा दिदि बहिनिहरु मुम्बई, दिल्ली र भारतका विभिन्न सहरका कोठीमा कसैको प्यासकोलागि आफ्नो जीवनलाइ दिनहु मारि रहेका छन् । साहेद केहि गर्ने समय आएको छ कि? कि अझै पनि हामी चुप रहने ? हामीले हाम्रो सरकारलाइ दबाब दिएर हुन्छ की अरु केहि गरेर हुन्छ, ति बेचिएका चेली बेटीको लागि हामीले आवाज नउठाउने? एक पटक सोचौ त, के उनीहरुको मनमा देश फर्कने र आफ्नो परिवार संग भेट गर्ने चाहने छैन होला त? अफगानिस्तानमा मारिएका शवको लागि हामी हाम्रो हवाई जहाज पठाउन सक्छौ, अनि के हामी हाम्रो जीवित चेलीबेटीलाइ ल्याउन बारेमा यस्तो केहि सोच्न सक्दैनौ ? ति लाशहरुलाई हामी देख्न चाहन्छौ तर के धड्की रहेको हृदयलाई हामीले भेट्न चाहदैनौ त?
२) उनीहरु यहाँ आएमा के हामी उनीहरुलाई एक सम्मानको साथमा स्वीकार्न सक्छौ? हाम्रो समाजमा हाम्रै बीचमा उनीहरुलाई एक ठाऊ दिन सक्छौ त? हाम्रो परिवारमा उनीहरुलाई अझै केहि ठाऊ दिन सक्छौ त?
३) अनि एक विशिष्ट योजनाको साथमा चेली बेटी बेच बिखनलाइ हामीले निर्मुल पार्न सक्छौ त?
यी सबै प्रश्नहरुको उत्तरलाइ हामीले सहमति जनाए पनि यसको पूर्ण नतिजा निस्किन निक्कै समय लाग्न सक्छ, बेच बिखन भएका चेली बेटीको पूर्ण रुपमा पुनस्थापना बिस बर्ष पनि लाग्न सक्छ, जे भए पनि यो तब मात्र सम्भव हुन्छ जब यी कुराहरुलाइ आजै देखि हामी सोच्न सुरु गर्ने छौ, आजै देखि यसको लागि केहि गर्ने छौ ।
केहि नगरेमा हाम्रा ति आफन्तहरु भारतको भू-भागमा दिन-दिनै आत्मिक रुपले, अनि केहि समय पछि शारीरिक रुपले पनि मर्नेछन, टुहुरो भएर, लाचार भएर, आफ्नो दाजु भाई अनि देशको माया नपाएर ।
इराकमा बाह्र जना मर्दा काठमाडौँ जलाउने हामी नेपालीहरुको हृदयमा बर्षौ हजारौ चेली बेटी भारतमा मरि रहदा एक सानो झिल्को आगो पनि नबलेको त पक्कै होइन होला नि!
यहि आगो हो, जुन मेरो हृदयमा आज पनि बलि रहेको छ, तर निभाउने बाटो मैले देखेको नै छैन ।
तपाईंलाई के लाग्छ ? के कुनै दिन मुम्बई अनि दिल्लीको कोठीमा बेचिएका दिदी बहिनीहरुलाई नेपालमा फिर्ता गरेर पुनःस्थापन गर्न सकिएला? नागरिक अनि सरकारको तर्फबाट कस्तो कदम चाल्नु पर्ला? आफ्नो अमुल्य बिचार तलको कमेन्टमा लेखी दिनु होला अनि यो लेख राम्रो लागे सेयर गर्न नबिर्सिनु होला।
This article was first published in my earlier blog post:-